दुई वरिष्ठ नेताहरुवीच फेरि कुरा मिलेन

दुई वरिष्ठ नेताहरुवीच फेरि कुरा मिलेन

लामो रस्साकस्सीपछि अहिले एमाले शीर्ष नेताहरुको वार्ता बिना निष्कर्श टुङ्गिएको छ । ७ बजेदेखि म्यारियट होटेलमा शुरु भएको अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीचको एकल कुराकानी सम्मानजनक आपसी सहकार्यको बिन्दूमा सहमति नभई आजलाई भङ्ग भएको हो ।

वार्तामा पछि सहभागी हुन पुग्नुभएका उपाध्यक्ष भीम रावलका अनुसार,त्यस अवसरमा प्रधानमन्त्री ओलीले अहिले आफूलाई निशर्त सघाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । जवाफमा वरिष्ठ नेताले “तलदेखि माथिसम्म विना भेदभाव सबै नेता,कार्यकर्ताको व्यवस्थापन हुनुपर्ने पुरानो अडान फेरि पेश गर्नुभयो । त्यसमा कुरा नमिलेपछि उहाँ सोच्नोस् भन्दै निस्कनुभएको छ ।”

सोही वार्तामा सामेल हुने भनेर महासचिव इश्वर पोख्रेल,उपमहासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि होटल पुग्नुभएको थियो । दुई नेता भेटेपछि सबै कुरा मिल्छ भन्ने बिष्णु पौडेलको आजै दिउँसोको रिपोर्टिङपछि कार्यदल सदस्यहरुको आग्रहबमोजिम नेता नेपाल वार्ताको निम्ति तयार हुनुभएको हो ।

टिप्पणीहरू