एमालेमाथि नाकाबन्दी

मधेसमा एमालेको बाटो छेक्ने अभियानमा मधेसी मोर्चा लागेको छ । यही २४ र २५ गते पार्टीको मुखपत्र ‘नवयुग’ दिवश वीरगञ्जमा गर्ने योजना थियो । त्यहीं पार्टीका प्रचार विभागसम्बद्ध अगुवाको भेलासमेत आयोजना भएकाले तिनै सहभागीलाई निषेध गर्ने योजना बनेको बताइन्छ । सर्लाही, सिरहा र महोत्तरीको प्रशिक्षण सकेर सप्तरी झरेको एमाले टोलीलाई त्यहाँ पनि अवरोध पु¥याउने काम भएको छ । निर्माण व्यवसायी संघको हलमा राखिएको भेला मधेसी मोर्चाको धम्कीका कारण अस्ति सोमबार जिविस हलमा सार्नुपरेको थियो ।

महेन्द्र रायनिकट तमलोपाको शिक्षक संगठनका केन्द्रीय नेताहरु सर्लाही, हरिवन भेलाबाट एमालेमा प्रवेश गरेका छन् भने जनकपुरमा पनि कांग्रेस र माओवादीका स्थानीय नेताहरु एमालेतिर छिरेको बताइन्छ । चुनाव भयो नै भने पनि एमालेले विभाजित मधेसी दलको डर मानेको छैन । उसलाई जनकपुरलगायत विभिन्न जिल्लामा प्रायोजित हिसाबले नै धर्मको नाममा खुल्न थालेका क्लबहरुबाट खतरा उत्पन्न हुनसक्ने आशंका छ । ती युवा रामानन्द क्लबलगायत विभिन्न नाममा संगठित हुने, पारि गएर तालिम हासिल गर्ने काममा बढोत्तरी भएको छ ।

कुनै पनि मधेसी दलको कमाण्डमा नरहेका उनीहरुलाई ‘उपयुक्त अवसरमा अदृश्य तŒव’ले परिचालन गर्नसक्ने एमाले आंकलन छ । अहिले त्यहाँ एमालेलाई आफंैभित्रको गुटबन्दी र ती युवाबाट डर बढेको हो ।

टिप्पणीहरू