म्यारियट होटलको वार्तामा को-को सामेल ?

म्यारियट होटलको वार्तामा को-को सामेल ?

जब हुन्छ राति अनि के जाति ताती भनेझैँ सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्षले सात बजेदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग थाल्नुभएको वार्ता सकिएको छ । काठमाडौं नागपोखरीको होटल मेरियटमा भएको वार्तामा एमालेको दोस्रो पुस्ताका नेताको समेत सहभागिता थियो ।

वार्तास्थलमा शुरुमा नेपाल र ओली प्रवेश गर्नुभएको थियो । लगत्तै महासचिव ईश्वर पोखरेल र उपमहाचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेल होटल मेरियटमा पुग्नुभयो ।

पोखरेल र पौडेलपछि उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे वार्तामा सामेल हुनुभयो ।

“एमाले सग्लो हुँदा”

एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलबीच आज दिउँसो सिंहदरबारमा छलफल भएको थियो । त्यसमा खास छलफल हुन नपाए पनि अकस्मात आज साँझको लागि भेटघाटको प्रबन्ध मिलाइएको बताइन्छ ।

टिप्पणीहरू