उद्योग परिसंघले राष्ट्र बैंकलाई भन्यो ‘पुनर्कर्जामा सहुलियत र कम ब्याजदरको कर्जा चाहियो’

उद्योग परिसंघले राष्ट्र बैंकलाई भन्यो ‘पुनर्कर्जामा सहुलियत र कम ब्याजदरको कर्जा चाहियो’

नेपाल उद्योग परिसंघ सीएनआईले आगामी मौद्रिक नीतिमा कर्जाको ब्याजदरलाई एक अंकमा स्थिर राख्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनर्कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले स्टर्टअप बिजनेशमा आउने युवालाई समेटेर मौद्रिक नीति ल्याउन सुझाव दिइएको परिसंघका अध्यक्ष मोरले बताउनुभयो । उहाँले कोरोनाबिरुद्धको खोप जतिसक्दो छिटो उपलब्ध गराएर आर्थिक गतिबिधि सुचारु गर्न सकिने उपाय समेत सुझाउनुभएको छ ।

मौद्रिक नीतिले ‘मेक इन नेपाल’ लाई सहयोग पुग्नेगरी नीतिगत व्यवस्था गरिदिए आयात कम गरेर निर्यातको प्रतिशत बढाउन सकिने उद्योग परिसंघको सुझावमा उल्लेख छ ।

टिप्पणीहरू