रिसले आँखा नदेख्दा अब आजन्म जेल

रिसले आँखा नदेख्दा अब आजन्म जेल

इलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धनबहादुर राईलाई खुकुरी प्रहार गरी मारेको अभियोगमा एकजनालाई प्रहरीले समातेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय यमबहादुर साँवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले उनलाई खुकुरीसहित आजै पक्राउ गरेको हो ।

साँवाले रिसइबीको कारण खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू