त्रिविका रेक्टर र भिसीलाई ज्ञापनपत्र,भनियो ‘निषेधाज्ञामा परीक्षा कसरी ?’

त्रिविका रेक्टर र भिसीलाई ज्ञापनपत्र,भनियो ‘निषेधाज्ञामा परीक्षा कसरी ?’

त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालय र भिसी कार्यालयमा विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन् । काठमाण्डौँका विभिन्न क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले आज दिउँसो ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थीहरुले बुझाएको तीन बुँदे ज्ञापन पत्रमा कोभिड महामारीका कारण तोकिएको समयमा हुन नसकेको स्नातक प्रथम वर्षको परीक्षा र हठात् घोषणा गरिएको साउन १० गतेको नयाँ परीक्षा तालिका र माध्यमप्रति आपत्ति जनाइएको छ । उनीहरुले परीक्षा शुरु हुन करिब तीन हप्ता बाँकी रहेको र निषेधाज्ञा पूर्ण रुपमा अझै नखुलेको भन्दै विद्यार्थीलाई आवत जावतमा समस्या हुने भएकाले विकल्प खोज्न भनिएको छ ।नेपालका १५ वटा विश्वविद्यालयमध्ये सबैले वैकल्पिक माध्यमबाट परीक्षा सम्पन्न गर्दा ८० प्रतिशत विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयले भने महामारी कम भएको समयमा वैकल्पिक परीक्षा लिन पनि नसकेकोमा विद्यार्थीहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा परीक्षा साउन १० गतेभन्दा पर सार्न नहुने,भौतिक उपस्थितिमा परीक्षा दिन परेमा विद्यार्थी र परिवारको जिम्मा विश्वविद्यालयले लिनुपर्ने, भौतिक उपस्थितिमा परीक्षा दिनुपर्ने भए विद्यार्थीलाई परीक्षाभन्दा १७ दिन अगाडि कोरोना खोप दिनुपर्ने भनिएको छ ।

टिप्पणीहरू