सरकारीवाली

अस्तिको केही साता नेपाली मिडिया पूरै तरकारीवालीले भरिभराउ भयो । बजारमा तरकारी नदेखिए पनि तरकारीवालीचाहिँ छ्यापछ्यापै थियो ।
जुन बेला मिडियामा तरकारीवाली भाइरल हुँदै थियो उति नै बेला अर्कोतिर ‘सरकारीवाली’ पनि भाइरल बनिरहेको थियो । तैपनि, नेपाली पाठकहरूलाई तरकारीवाली र सरकारीवाली दुवैले उत्तिकै आकर्षित ग¥यो ।

फरक यति थियो ( तरकारीवाली गोलभेंडा बोकेर आइरहेकी थिई, सरकारीवाली ५० लाख बोकेर गइरहेकी थिई । मिडियामा तरकारीवालीको गोलभेडा र सरकारीवालीको ५० लाख दुवै हिट भयो । हिटमा पनि एउटा फरकचाहिँ देखियो । त्यो के भने तरकारीवालीको तरकारीले हजारौं ‘लाइक’ पायो । सरकारीवालीको ५० लाखले चाहिँ हजारौं ‘डिस्लाइक’ पायो ।

टिप्पणीहरू