पूर्वराजाको जन्मदिनमा राजसंस्था पुनःस्थापनाको माग

पूर्वराजाको जन्मदिनमा राजसंस्था पुनःस्थापनाको माग

स्वतन्त्र नागरिक समाजले आज पनि माइतीघर मण्डलामा राजसंस्था पुनःस्थापनाको मागसहित धर्ना कार्यक्रम शुरु गरेको छ ।

नागरिक समाजले शाहवंशीय राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापना,हिन्दू अधिराज्य पुनःस्थापना,निषेधको राजनीति अन्त्य,राष्ट्रिय मेलमिलाप कायम, सैनिक हस्तक्षेपमार्फत् नागरिक सरकार गठनलगायतका माग राख्दै अनिश्चितकालीन धर्ना गर्दै आएको छ ।

उनीहरुले बौध्दिक सनातन हिन्दू अधिराज्य कायम गर्न,सम्पूर्ण नेपालीलाई कोभिड १९ को खोप सुनिश्चित गर्न,निषेधको राजनीति अन्त्य गर्न,राष्ट्रिय एकता कायम गर्न र सैनिक हस्तक्षेपमार्फत् नागरिक सरकार गठन गर्ने नारा लेखिएको प्लेकार्डहरु बोकेका थिए ।

टिप्पणीहरू