कोमललाई के लाग्थ्यो कानुन

रेडियो नेपालमा कार्यरत नवराज लम्साल कांग्रेस निकट लेखक संघमा वियोगी बुढाथोकीलाई हराउँदै अध्यक्ष जिते । तर, केही साता बित्न नपाउँदै राजीनामा दिनुपर्दाको  कारण थियो, उच्चपदस्थ कर्मचारीले कुनै पनि राजनीतिक दलको सक्रिय सदस्यता लिन नपाउने नियम ।

यही नियम देखाउँदै रेडियो नेपालकै कर्मचारीबाट दबाब पर्दा राजीनामा दिई दुबै मोबाइल अफ गरी बसेको बताइन्छ । यता, अस्ति मात्र प्रज्ञा प्रतिष्ठानमा गायिका तथा रेडियो नेपालकी जागिरे कोमल ओली पञ्चको हातबाट फूलमाला लगाएर पार्टी प्रवेश गरिन् ।

उनको पार्टी प्रवेशपछाडि दुबै पञ्च खुसीले गद्गद् भए । प्रफुल्ल भएर हाँसे । रेडियो नेपालमा बेलुका पौने सात बजे पुगी १५ मिनेट समाचार पढेर जागिर खाँदै आएकी ओलीलाई कारबाही गर्ने हिम्मत अहिलेसम्म कसैले गर्न सकेको छैन । नवराज लम्सालमाथि कांग्रेसी भएकै कारण लागेको भाटो कोमल ओलीमाथि लाग्ला वा नलाग्ला हेर्न बाँकी छ भन्छन् रेडियो कर्मचारी ।

टिप्पणीहरू