आरएनएसीको गेटमा ‘एमडी मूर्दावाद’

आरएनएसीको गेटमा ‘एमडी मूर्दावाद’

नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको बिरोधमा त्यहाँको कर्मचारी युनियनले आज बिरोध कार्यक्रम आयोजना गरेको छ ।

वायुसेवा निगम कर्मचारी युनियनका संयोजक सुवास डाँगी,नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरलगायतको समूहले निगमको मुख्य गेटमा कालो मास्क लगाई धर्ना दिएका हुन् ।

उनीहरुले निगम बेच्न पाईंदैन भन्दै एमडी हामीलाई चाहिँदैन,नालायक एमडी राजीनामा दे, हवाई माफिया मूर्दावाद,निगम निजीकरण बन्द गर लेखिएको प्ले कार्डसमेत बोकेका थिए । बिरोध कार्यक्रम भोलि पनि जारी रहने बताइएको छ ।

टिप्पणीहरू