लगन गाँस्नमै यी मग्न

‘मनी र मसल्स’ चल्छ सिने नगरीमा । कसैको प्रेम÷विवाह डनसँग । कोहीको धनाढ्यसँग । अनुप बरालले आफ्नै विद्यार्थी नायिका दिया मास्केलाई भिœयाए । जीवनभर विवाह नगर्ने कसम खाएकी नायिका मिथिला शर्मासमेत बुढेसकालमा पूर्वआइजिपी मोतीलाल बोहराको कान्छी श्रीमती बनिन् ।

श्रीकृष्ण श्रेष्ठकी श्रीमती श्वेता खड्कास“गै नाम थर ठ्याक्कै मिलेकी नायिकाले प्रहरीले ‘डन’को सूचीमा राखेका मिलन सापकोटास“ग बिहे गरिन् । मिलन क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा ‘बले’ का भाइ हुन् । बले पटक–पटक पक्राउ परे पनि मिलन भने फुक्काफाल छन् । प्रहरीले गुण्डागर्दी र क्यासिनो लगानीकर्ताको सूचीमा राखे पनि मिलनले आफू कुनै अवैध गतिविधिमा संलग्न नरहेको बताउँदै आएका छन् । पहिला क्यासिनोमै टेबुल चलाउँथे । उनै मिलनले दीपक मनाङेको लगानी रहेको प्रोड्युसर, ब्ल्याकमेलजस्ता सिनेमामा अभिनय गरेकी श्वेता खड्कास“ग बिहे गरेका हुन् ।

उता, नायिका नम्रता श्रेष्ठ पनि दीपक मनाङे समूहका प्रेम घलेस“ग प्रेमसम्बन्धमा लीन छिन् । यता, हालै मात्र उषा पौडेलले अमेरिकामा रहेका सुधांशु जोशीसँग लगनगाँठो कसेकी छन् । यसअघि आठ वर्षदेखि सुधांशु एक्लो थिए । उनको पहिलो सम्बन्धविच्छेद भएको हो ।

टिप्पणीहरू