टर्किस एअरलाइन्सको अचम्मको उडान : चढ्न पाइने,छिर्न नपाइने

टर्किस एअरलाइन्सको अचम्मको उडान : चढ्न पाइने,छिर्न नपाइने

अन्तर्राष्ट्रिय उडानतर्फ हालसम्म छिमेकी मुलुक चीन,साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसँगको उडानलाई स्थगित गरेका छन् । युएईले उताबाट नेपाल आउन पाइने तर नेपालबाट उता जान नपाइने भनेको छ ।

टर्कीले उडान सञ्चालन गरे पनि ट्रान्जिट मात्र खुलाएको छ । काठमाडौंबाट टर्किस एअरलाइन्स प्रयोग गर्नेले इस्तानबुलबाट अर्को जहाज प्रयोग गरेर विश्वका अन्यत्र मुलुक जान पाइने तर टर्कीभित्र भने छिर्न नपाइने नियम बनाइएको हो ।

यसैबीच काठमाडौं विमानस्थलमा कजाकस्तानको दुई वटा हेलिकोप्टर लामो समयदेखि ग्राउण्डेड छन् । हेलिकोप्टरलाई आवश्यक मर्मत सम्भार गरिएको भनिएको छ । हेलिकोप्टर किन काठमाडौंमा अड्किए भन्नेबारेमा कसैले पनि मुख खोलेका छैनन् ।

विश्वस्त सूत्रले भुवन प्रधानलगायतको समूहले त्यसलाई किनेर यहिँ चलाउन खोजेको भनेको छ । प्रधान नेपाली सेनाका पूर्व क्याप्टेन हुन् । उक्त समूहसँग रहेको हेलिकोप्टर कम्पनीको इजाजत (लाइसेन्स) १५ वर्ष नाघ्न लागेकाले बेचेको बताइन्छ ।

लाइसेन्स किन्नेचाहिँ पूर्वपर्यटन राज्यमन्त्री डोल्पाका धनबहादुर बुढा हुन् । बुढाका पाटर्नरहरुमा सेनाका पूर्व कर्नेल रविन बस्नेत र ठेकेदार कान्छाराम तामाङ रहेका छन् । रामेछापका काँग्रेसी नेता तामाङ कन्स्ट्रक्सन कम्पनीका मालिक हुन् ।

टिप्पणीहरू