बौद्धमा २८ जना जुवाडे पक्राउ, महिला पुरुष सरोबरी

बौद्धमा २८ जना जुवाडे पक्राउ, महिला पुरुष सरोबरी

काठमाडौ महानगरपालिका–६ बौद्ध, सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा जुवा खेलाउने घरबेटीसहित जुवा खेल्ने २८ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बौद्धका रन्जित खड्गी, प्रविन लामा, रिन्जेन लामा, चन्द्र लामा, राजन लामा, रेखा गुरुङ छन् । त्यसैगरी कुमारीगाल बस्ने अमर बहादुर गुरुङ, जगतबहादुर गुरुङ, रामहिटी बस्ने पुरुषोतम चालिसे रहेका छन् ।

पक्राउ परेका जुवाडेमा रसुवा घर भई हाल सामाखुसी बस्ने प्रकाश घले, किर्तिपुर घर भई सामाखुसी बस्ने कृष्णचरण, बुढानीलकण्ठ घर भएका दोर्जे शेर्पा, कपन बस्ने वाङचु शेर्पा, पासाङ शेर्पा रहेका छन् । त्यसैगरी जोरपाटी बस्ने स्रमाट लामा, सिमलटार बस्ने चीन कुमार गोले, लैनचौर बस्ने अशोक गिरी, तिनचुली बस्ने विकाश तामाङ पनि पक्राउ परेका छन् ।

सरस्वती नगर बस्ने लक्ष्मी घलान बानिया, थली बस्ने गिता लामा, टुसाल बस्ने ओममाया गुरुङ, गौशाला बस्ने शुसिला श्रेष्ठ, बसुन्धारा बस्ने सरिता मल्ल गुरुङ, रन्जिता शाक्य र ललितपुर बस्ने शान्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १४ लाख ५९ हजार ९ सय नेपाली रुपैयाँ, ११ हजार ४ सय भारतीय रुपैयाँ, १ लाख लेखिएको एक थान चेक, ८० हजार लेखिएको एक थान चेक, ३० थान कौडा, खेल्दै गरेको १३ बुक तास र नखोलेको २१ बुक तास समेत बरामद गरेको छ ।

टिप्पणीहरू