आज पनि समातिए बैंकिङ्ग कसूरका फरार प्रतिवादी

आज पनि समातिए बैंकिङ्ग कसूरका फरार प्रतिवादी

बैंकिङ्ग कसूर मुद्दामा फरार बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई आज प्रहरीले पक्राउ गरेको छ । लामाले पर्याप्त मौज्दात नभएको जनता बैंकस्थित खाताको १५ लाखको चेक दिएर ठगेका थिए ।

उच्च अदालत पाटनले उनलाई बैंकिङ्ग कसूरजन्य अपराध ठहर गरी गत माघ ९ गते ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फैसलालगत्तै फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट आज दिउँसो पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत,काठमाडौंमा पेश गरिएको छ ।

टिप्पणीहरू