गाँजासहित एक पक्राउ,दुई जना गाडी छोेडेर कुलेलम

गाँजासहित एक पक्राउ,दुई जना गाडी छोेडेर कुलेलम

उदयपुरमा प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. ३ चौडीका हर्कबहादुर विक हुन् । उनको साथबाट प्रहरीले २ केजी गाँजा पनि बरामद गरेको छ ।

सोमबार बिकको घरमा लागुऔषध बिक्रि वितरण भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले छापा मारेको थियोे । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेदप्रसाद गौतमका अनुसार उनीविरुद्ध थप अनुसन्धान अघि बढाईएकाे छ ।

यसैगरी सुनसरीमा १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुई युवा पक्राउ परेका छन् । उनीहरूलाई बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे चतराबाट १ सय ५० केजी गाँजा बोकेको गाडीसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।

आज बिहान १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हाे ।

चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा भ्यानबाट लागूऔषध गाँजा र सिटमा राखिएको अवस्थामा १ थान नक्कली पेस्तोल बरामद पनि बरामद भएको छ ।

प्रहरीलाई देख्ना साथ भागेका दुई जनाको खोजी कार्य भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

टिप्पणीहरू