आरएनएसीको मुख्यालयमा लाठीचार्ज, कर्मचारी र प्रहरीबीच घम्साघम्सी

आरएनएसीको मुख्यालयमा लाठीचार्ज, कर्मचारी र प्रहरीबीच घम्साघम्सी

मुलकको ध्वजाबाहक नेपाल वायुसेवा निगमको मुख्यालयभित्र पसेर प्रहरीले कर्मचारीलाई लाठीचार्ज गरेको छ । आन्दोलित कर्मचारी एकातिर तथा महाप्रबन्धक डिमप्रकाश पौडेल र प्रहरी अर्कातिर भएपछि भिडन्तको अवस्था बनेको आन्दोलनकारीहरुले बताएका छन् ।

निगमलाई निजीकरण गर्न लागेको बिरोधमा कर्मचारीले असहमति जनाउँदै आएका छन् । निजी क्षेत्रको वायुसेवा कम्पनी विशेषगरी यति समूहलाई अनुकूल हुने गरी व्यवस्थापनले महत्वपूर्ण निर्णय गर्दै आएको उनीहरुको आरोप छ ।

पौडेलको योजनालाई अपरेशन डिपार्टमेण्टका डाइरेक्टर दीपु ज्वारचनले समेत सहयोग पुर्याउँदै आएको आरोप पनि आन्दोलनकारीहरुले लगाएका छन् ।

कर्मचारीमाथि निर्मम प्रहार गर्न व्यवस्थापनले प्रहरी बोलाएर कार्यालयभित्रै लाठी प्रहार गरेकोमा कर्मचारीले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।

टिप्पणीहरू