माइतीघरमा सुजिताको हत्यारा पत्ता लगाउन माग

माइतीघरमा सुजिताको हत्यारा पत्ता लगाउन माग

चितवन,भण्डाराको जङ्गलमा शंकास्पद अवस्थामा मृत भेटिएकी २३ बर्षिया युवती सुजिता भण्डारीको हत्या भएको आशंकामा तत्काल दोषी पत्ता लगाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा चितवनवासीहरूले प्लेकार्ड प्रदर्शन गरेका छन् ।

आज दिउँसो माइतीघर मण्डलामा चितवनबाट आएर काठमाडौंमा बसोबास गरेकाहरूले स्वतःस्फूर्त रुपमा हत्यारा पहिचान गरी कारबाहीको माग गरेका हुन् ।चितवनको राप्ती नगरपालिका–३ प्रगतिचोककी २३ वर्षीया सुजिता भण्डारीको स्थानीय धमिली सामुदायिक वनमा अस्ति साँझ शव फेला परेको थियो । असार ११ गते बिहान साथीको घर गएकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी हुन् । सोही दिन दिउँसो १२ बजे दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी दिएकी थिइन् ।

उनको शव आवश्यक परीक्षण गर्न काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार उनले बोकेको मोबाइल सेट फेला परेको छ ।

टिप्पणीहरू