झापाको यौटा स्कूल पत्रकारमाथि खनियो

झापाको यौटा स्कूल पत्रकारमाथि खनियो

झापाको बलियानी-६ कचनकवलस्थित लक्ष्मी माध्यमिक विद्यालयले थाहा खबर अनलाइनसँग स्पष्टीकरण मागेको छ । असार २० गते प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै विद्यालयले थाहा खबरका पार्थ मण्डलसँग स्पष्टीकरण सोधेको हो ।

समाचारको विषयवस्तु उल्लेख नगरी विद्यालयले अपुष्ट समाचार प्रकाशित गरेकोमा आपत्ति जनाउँदै मण्डललाई आज विद्यालयमा उपस्थित भएर स्पष्टिकरण दिन प्रधानाध्यापक राजु बुढाथोकीले पत्र काटेका छन् ।

टिप्पणीहरू