के–के हुन्छ हाम्रै नेपालमा

पूर्वभूमिसुधार सचिव रामबहादुर रावल नेतृत्वको एउटा कार्यदलले २०५२ सालमा बुझाएको एउटा रिपोर्ट झण्डै २१ वर्ष दराजमा थन्किएपछि त्यसको भाव मर्ने गरी पञ्चायती हस्तीहरुको उद्धार गर्ने खेल प्रारम्भ भएको छ ।

उपत्यकाको हजारौँ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो घर, कम्पाउण्डमा मिसाएको भेटिएपछि रावल रिपोर्टमा त्यसलाई छुट्याउन सिफारिस गरिएको थियो । यसरी सरकारी, सार्वजनिक र गुठीको जग्गा मिच्नेमा डा.भेषबहादुर थापा, रमेशनाथ पाण्डे, मन्त्री र अञ्चलाधीशहरु पनि थिए । रिपोर्ट आएपछि मालपोतको मूल्य लिएर जग्गा किन्न कोही–कोही लागिपरे भने कसैले अदालत पनि गुहारे ।

कतैबाट पार नलागेपछि चलनचल्तीको मूल्यमा त्यो जग्गा सकार्छौैं भन्ने तहमा समेत ती पुगेका हुन् । यसबीच, राप्रपाबाट धेरै व्यक्ति भूमिसुधार मन्त्री बन्न पुगे । अहिले पनि त्यही पार्टीका विक्रम पाण्डे उक्त मन्त्रालयमा छन् । उनैले जसको कम्पाण्उडमा त्यो जग्गा परेको छ, उनैलाई बिक्री गर्ने गरी फाइल क्याबिनेटमा पु¥याउन लागेको बताइन्छ । प्रश्न उठ्छ, सरकारले व्यक्तिलाई जग्गा बेच्न पाउँछ ? हामीकहाँ भूकम्प आउँदा बस्ने खुला चौर छैन । तर, मठ–मन्दिरको जग्गा लुट्नेलाई सरकारको यो निर्णयले प्रोत्साहन मिल्ने पक्का छ ।

टिप्पणीहरू