पहाडमा गहिरोका घरलाई पहिरोको डर,तराईमा डुब्दैन भन्ने के छ भर ?

पहाडमा गहिरोका घरलाई पहिरोको डर,तराईमा डुब्दैन भन्ने के छ भर ?

अविरल वर्षासँगै जताततै बाढी र पहिरोको श्रृङ्खला बढेपछि सुरक्षा निकायहरु उध्दारमा खटिएका छन् । चौबिसै घण्टा सतर्कताको अवस्था छ । तर, बाढी र पहिरोको प्रकोप सर्वसाधारणमा झैँ उनीहरुमा पनि राम्रैसँग पर्ने विगतका घटनाले समेत देखाइसकेको छ ।

विशेषगरी सशस्त्र प्रहरी बलका तराई र नेपाल भारत सीमा नजिकैका बोर्डर अब्जरभेसन पोष्ट (बिओपी) सँधै जलमग्न हुने गरेका छन् । यसपालि पहाडी भूभागमा बाढी र पहिरोको जोखिम असार नलाग्दै देखिएको छ भने तराईमा डुबान भइसकेको छैन ।

विशेषगरी चुरे क्षेत्रमा सामान्य वर्षा हुने बित्तिक्कै तराईका विभिन्न जिल्लामध्ये रौतहटको गौर जलमग्न हुने गरेको छ । विगतमा त्यहाँका बीओपी मात्र नभई जिल्ला प्रहरी कार्यालयलगायत सबैजसो सरकारी अड्डा डुबानमा पर्ने गरेका थिए ।

कार्यालय आउजाउ गर्न डुङ्गा नै चढ्नुपर्ने बाध्यता विगतमा देखिएकाले यस पटक पनि वर्षायामको मध्यसम्ममा त्यो अवस्था आउनसक्ने भएकाले सुरक्षा निकाय सबै सतर्क अवस्थामा बसेको बताइन्छ ।

टिप्पणीहरू