नेता बाझ्दाका नालीबेली

एमाले फकाउन अनेक जुक्ति निकालेर पनि नसकेपछि नेताबीच बाझाबाझ नै चल्यो, तीन दलको बैठकमा । केपी ओलीले भनेको एकथोक, प्रधानमन्त्री प्रचण्डले बुझेको अर्कै थोक हुँदा भनाभनकैबीच बैठक सकिएको हो ।

प्रचण्डले केपीलाई ‘चर्को विरोध नगरिदिनुस्, नरम भइदिनुस्, संशोधन प्रस्ताव मैले ल्याउनै पर्ने भएको छ, जसरी पनि ल्याउँछु’ भने । तर, केपी मानेनन् । अनि, भने, ‘अस्ति त कुरा मिलेकै थियो । आज कसरी फरक प¥यो ?’ केपीले जवाफ फर्काए, ‘के फरक कुरा गरेँ मैले ?’ प्रचण्डको प्रतिप्रश्न रह्यो, ‘दर्ता गर्नुस्, त्यतिञ्जेलसम्म समर्थन हुन्छ । त्यसपछि देखा’जाएगा भनेको होइन ?’ अनि, केपीले भने, ‘तपाईंले गर्ने दर्तामा हाम्रो समर्थन–विरोधको के अर्थ ? त्यो तपाईंको स्वतन्त्रताको कुरा भयो । हामीले रोक्दा या नरोक्दा के फरक पर्छ ? मैले यत्ति भनेको ।’ प्रचण्डले भने, ‘ठीक छ, ठीक छ भनेको होइन ?’ केपी कराए, ‘भ्रम सिर्जना गर्ने ?’

प्रचण्डले दोहो¥याए, ‘भन्नु त भएकै हो, अहिले पार्टीमा अप्ठेरोमा परेर कुरा फेरेको होला ।’ शेरबहादुर देउवाले थपे, ‘पाँचवटा जिल्लालाई आयोगको जिम्मा दिऔँ । त्यसमा पनि हाम्रै मान्छे बस्ने हुन् । जे भन्यो त्यही गरिहाल्छन् । किन चिन्ता गरिहाल्छौ अहिले ?’ केपीले भने, ‘उसोभए कैलाली पनि दिऔँ न त †’ देउवाले भने, ‘त्यस्तो कुरा नगरौँ न यार !’ ओलीले भने, ‘तिमीले पाँच नम्बर प्रदेश टुक्र्याउने कुरा गर्दा त्यहाँका बासिन्दाले हामी यसनिम्ति तयार छैनौँ भन्न नपाउने ?’

टिप्पणीहरू