गृहमन्त्रीका ‘सेक्युरिटी’ सबै फिर्ता,मन्त्री क्वार्टर रित्तै

गृहमन्त्रीका ‘सेक्युरिटी’ सबै फिर्ता,मन्त्री क्वार्टर रित्तै

बदलिँदो परिस्थितिमा थोरै समयका निम्ति गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएका खगराज अधिकारीले सशस्त्र प्रहरी बलको तर्फबाट खटाइएका सबै ७ सुरक्षाकर्मी फर्काइदिनुभएको छ ।

गृहमन्त्रीको सुरक्षामा नेपाल प्रहरी र सेनाको छुट्टै डफ्फा साथै रहन्छ ।  भूतपूर्व गृहमन्त्रीको सुरक्षाको निम्ति पनि नेपाल प्रहरीको पिएसओ र सशस्त्रको टोली रहने व्यवस्था छ ।

त्यसअघिका मन्त्री रामबहादुर थापा बादलको डेराबाट बर्दीधारी सुरक्षादस्ता फर्किसकेको छ ।अघिल्लो मन्त्रिमण्डलका तीन जना राज्यमन्त्रीको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी भोलिपल्टै फिर्ता भएका छन् । पुल्चोकस्थित मन्त्रीक्वार्टरमा बसेका सबै पूर्वमन्त्रीले भवन खालि गरेका छन् ।

टिप्पणीहरू