सशस्त्रमा बढुवाको रन्को,को-को लागे लाइन ?

सशस्त्रमा बढुवाको रन्को,को-को लागे लाइन ?

सशस्त्र प्रहरी बलमा डिआईजी बढुवाको गृहकार्य शुरु भएको छ । एसएसपीमध्येबाट कुमार न्यौपाने र कालिदास धौबजीको नाम सिफारिश भएको बताइन्छ । न्यौपाने भीमेश्वरबाट फर्केर सुर्खेतमा कार्यरत छन् भने धौबजी विपद् व्यवस्थापन कुरिन्टारमा छन् ।

सशस्त्रमा तीन वटा डिआइजी पद रिक्त छ । त्यसमध्ये एउटा पद हालै अवकाश पाएका सुदूरपश्चिम प्रदेश हेर्ने प्रवीण श्रेष्ठको हो । यसअघि वर्ष दिनदेखि अर्को दुई वटा पद पनि खाली थियो । अहिले बढुवा हुन लागेको पहिलेको रिक्त पदमा हो । श्रेष्ठको कारण रिक्त पदमा पछि मात्र पूर्ति हुनेछ ।

ठूलो पदमा रिक्त र पूर्तिको प्रक्रिया अघि बढेपछि तल्लो तहमा रहेकाले आस गर्नु स्वाभाविक मानिन्छ । सशस्त्र प्रहरी बलमा एसएसपीमा चार वर्ष अनुभव भएकालाई मात्रै डिआइजीमा सिफारिस गर्नुपर्ने नियम छ ।

अहिले उनीहरूले काम गरेको पद खाली हुन्छ कि हुँदैन भन्ने विषयमा पनि कानुनी छलफल चलिरहेको बताइन्छ ।

डिआईजी पछि लगत्तै एसएसपी, एसपी र डिएसपीसम्मको बढुवा प्रक्रिया सुचारु हुने स्रोतले बताएको छ । त्यसको लागि सूचना प्रकाशित गर्ने तयारी छ ।

टिप्पणीहरू