स्वयम्भू नजिकै कार र ट्याक्सी ठोक्किँदा ४ घाइते

स्वयम्भू नजिकै कार र ट्याक्सी ठोक्किँदा ४ घाइते

स्वयम्भू नजिकैको चक्रपथस्थित ठाडो भर्याङमा सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा. ५ च २४२८ न को स्यान्ट्रो कार र स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बा.१ ज ७८२८ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

हिजो बेलुकी भएको दुर्घटनामा ट्याक्सीमा सवार भारत मोतिहारीका ३२ वर्षीय अतिकु रहमान,२१ वर्षीय एमबी आलम,कारमा रहेका स्वयम्भूका २३ वर्षे प्रज्ञान श्रेष्ठ र कार चालक ५५ वर्षका आर एन श्रेष्ठ घाइते भएका हुन् ।

रहमानको टाउकोमा चोट लागेको छ । त्यस्तै,आलमको हातमा,श्रेष्ठको बायाँ खुट्टा र टाउकोमा तथा कार चालक आर एनको बायाँ खुट्टामा चोट लागेको छ । घाइते चारै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

ट्याक्सीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । रहमान र आलमलाई उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू