भर्‍याङबाट लडेर मृत्यु

भर्‍याङबाट लडेर मृत्यु

सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका-१ खरिखोलाका ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्‍याङबाट लडेर मृत्यु भएको छ ।

सोताङ गाँउपालिका ५मा रहेको बीरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गर्दै आएका थिए ।

उनी आईतवार राती ११ बजे भर्‍याङबाट लडेर कंचटमा चोट लागी गम्भीर घाईते भएका थिए । उनको प्राथमिक स्वास्थ्य चौकी सोताङमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो ।

घटनास्थलमा गएर ईलाका प्रहरी कार्यालय सोताङको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू