कोरोनाबाट आज २३ को निधन, निकोभन्दा संक्रमितको संख्या बढ्यो

कोरोनाबाट आज २३ को निधन, निकोभन्दा संक्रमितको संख्या बढ्यो

कोरोनाबाट आज २३ जनाको ज्यान गएको छ । २ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार २ सय ११ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ९९ पीसीआर तथा ४ हजार २८ एन्टिजेन गरी ११ हजार ५ सय २७ जनामा परीक्षण गरिएको थियो । आज निको हुनेभन्दा संक्रमितको संख्या भन्दा ४ सय ११ ले बढी छ । यसअघि केही सातादेखि संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो ।

आज मुलकभर २५ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू