स्लो ट्र्याक

अन्ततः बहुचर्चित फास्ट ट्र्याक नेपाल आफैंले बनाउने निर्णय भएको छ । नेपाल आफैंले बनाउने भएपछि जे बनाए पनि खुशी हुनै पर्छ । दुःख त नबनाएकोमा पो छ । बनाउन त जे बनाए पनि हुन्छ ।'

तर, फास्ट ट्र्याक नै बनाउने यो निर्णयले भने केही संशय पैदा गरिदिएको छ । किनभने सरकारले फास्ट ट्र्याक बनाउने निर्णय नै यति ‘स्लो’ ढंगले आइदियो कि त्यो आउनु नै संशयको कारण बनिदियो । फास्ट ट्र्याक बनाउने भनेपछि निर्णयचाहिँ किन यति ‘स्लो’ ? जुन सरकारले गर्ने निर्णय त यति ‘स्लो’ छ, उसले बनाउने ट्र्याक मात्रै कसरी ‘फास्ट’ होला ?

नेपाल आफंैले बनाउने भन्नेबित्तिकै केहीले टिप्पणी गरिहाले नेपालले बनाउने त ‘ट्र्याक’ मात्रै होला, फास्ट त हुनै सक्दैन । फास्ट ट्र्याक बनाउने भनेपछि त्यो बनाउने गति पनि फास्टै हुनुप¥यो । बनाउने फास्ट ट्र्याक, अनि गतिचाहिँ कछुवाको हुनु भएन नि !

अब हेरौँ, फास्ट ट्र्याक बनाउने जिम्मा कुनचाहिँ कछुवाले पाउने हो !

टिप्पणीहरू