अदालतको फैसलै नकुरी चुनावी तयारी शुरु

अदालतको फैसलै नकुरी चुनावी तयारी शुरु

प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलाग्दै निर्वाचन आयोगले चुनावको तालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ ।

आयोगले असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताका लागि आव्हान गरेको छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भदौ १५ गते प्रकाशन गर्ने जनाइएको छ भने भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने योजना छ । त्यस्तै,साउन १५ गते समानुपातिक निर्वाचन ईकाई गठन तथा संचालन गरिने बताइएको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा भदौ २३ गते मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिने जनाइएको छ भने असोज १ गते मतदाता शिक्षा तालिम सामाग्रीको तयारी र उत्पादन गरिने छ ।

​आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गतेदेखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाएको छ । आयोगले साउन १ गतेबाटै निर्वाचन अनुगमन थाल्ने कार्यतालिकामा उल्लेख छ ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको थियो । जसअनुसार कात्तिक २६ गते पहिलो र मंसिर ३ गते दोस्रो चरणको चुनावको मिति तय गरिएको छ । विघटनविरुध्दको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

टिप्पणीहरू