मनलाग्दी त गर्न भएन नि ! « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

मनलाग्दी त गर्न भएन नि !

प्रकाशित मिति :  १० मंसिर २०७३, शुक्रबार ०९:०९


  • लेखनाथ भण्डारी

कञ्चन शर्मा रेग्मीसँग लिइएको अन्तर्वार्तामा वार्ताकार सुमन खरेल, सम्पादक र मिडिया (कान्तिपुर टेलिभिजन) को सतप्रतिशत गल्ती छ । यसमा गरिएका वार्ता वा प्रश्नको एकोहोरो प्रस्तुति छ । तथ्य पुष्टि गर्ने प्रयास छैन ।

पत्रकारिता पेशा सजिलो छैन । यो सामान्य वार्ता वा भलाकुसारीजस्तो पनि होइन । पत्रकारिता प्रशंसा र निन्दा त हुँदै होइन । भनिएका वा मानिएका बिजनेस हाउसमा आरामले बसेर फोन वा सिफारिसका आधारमा लिइने अपोइन्टमेन्ट वा व्यक्तिगत रुचिका विषय सन्दर्भमा ‘तपाईंको फुर्सदमा मेरो अफिसमा आउनु न, मिलाएर कुरा गरौंला’ भनेर प्रसारण गरिने सामग्री यस्तै हुनु स्वाभाविक हो । तरकारीवाली भनेर फेसबुकलगायत सामाजिक सञ्जालमा फैलिएको फोटोलाई लिएर ती युवतीको अन्तर्वार्ता लिनुहुने सुमन खरेलले सजिलोसँग आर्जन हुने पेशामा टाइम पास गर्नुभएको वा रिटायर्ड लाइफको सदुपयोग गरिरहनुभएको भन्नुपर्दा म दुःखी छु ।

कञ्चन शर्मा जुनसुकै कारणले भए पनि सत्य यही हो कि पारिवारिक वा सामाजिक वातावरण र मानसिक स्वास्थ्यको कारण पीडित, अपमानित वा तिरस्कारको शिकार भएकी महिला हुन् । उनको उद्धार, पुनःस्थापना वा न्यायमा सहयोग वा चासो मानवीय काम हुन् । यसमा घरपरिवार श्रीमान्, छोरा वा माइती आदिको कुनै भूमिका छैन, गल्ती–कमजोरी कसैको छैन र कञ्चन मात्र यो सबै परिणामको दोषी वा कारण भनेर मान्न हुन्न । तर, तथ्यगत त्रुटिलाई बेवास्ता गरेर सार्वजनिक गरिएको यो वार्ताको जिम्मेवार लिशोभा प्रकरणमा झैं वार्ताकार, त्यसका सम्पादक र प्रशारण संस्था मात्र हुन् ।

हप्ता दिनमा प्रशारण गरिने एउटा कार्यक्रमका लागि १ घण्टा (१ सय ६८ घण्टामध्ये) मात्र समय दिएको भए पनि कप्तीमा १५÷२० जना मानिससँग कुराकानी गर्न सकिन्थ्यो । यसरी गरिने कुराकानीले वार्तालाई सन्तुलित बनाउन वा पीडितको समस्या पहिचान गर्न सहज हुन सक्थ्यो ।

सबै प्रकारका सामाजिक विषय वा व्यक्तिगत सन्दर्भको एकोहोरो पर्दाफास वा आग्रह सार्वजनिक गर्नु पत्रकारिता होइन ।
यस सन्दर्भमा चन्दा थापाले लेख्नुभएको टिप्पणी महत्वपूर्ण आधार हो । दीक्षा चापागाईंको यस वार्तामा के भूमिका रह्यो त्यो पनि स्पष्ट हुनु आवश्यक छ । पत्रकारिताको यो प्रवृत्ति दण्डरहित हिंसा भएको छ । मलाई वार्ताको तरिका मन परेन, यो ठालुकारिता हो । यसखाले सजिला वार्ता रहेसम्म यस्ता घटना दोहोरिरहनु अनौठो होइन ।


प्रतिक्रिया दिनुहोस !