सुजिताको हत्यारा पत्ता लगाउन पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

सुजिताको हत्यारा पत्ता लगाउन पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

नौ दिनदेखि बेपत्ता चितवनकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै चितवनका स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको हत्या भएकाले हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

राप्ती नगरपालिकाका सूचना अधिकारी मुक्ति पौडेलका अनुसार स्थानीय धमिली सामुदायिक वनमा सुजिताको शव फेला परेको छ । प्रहरीले पोष्टमार्टमको लागि शव एम्बुलेन्समा हाले पनि स्थानीयले अवरोध गरेका छन् ।असार ११ गते बिहान साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी दिएको परिवारले बताउँदै आएको छ ।

टिप्पणीहरू