प्रचण्डले किन एकाबिहानै हात्तीवनबाट सानेपा आउजाउ गर्नुभयो ?

प्रचण्डले किन एकाबिहानै हात्तीवनबाट सानेपा आउजाउ गर्नुभयो ?

पारिवारिक जमघटको लागि हिजो दिउँसो पत्नी,छोरीहरु,ज्वाई,नातिनीहरु लिएर दक्षिणकाली नजिकैको हात्तीवन रिसोर्ट पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान सबेरै ललितपुरको खुमल्टारको निवास आउनुभएको छ । सानेपामा डेढ घण्टाको भेटघाटपछि उहाँ फेरि हात्तीवन फर्कनुभएको छ ।

स्रोत भन्छ ‘आज बिहान सवा आठ बजेतिर हात्तीवनबाट उहाँ सानेपा आउनुभएको थियो । भेटघाटपछि साढे नौ बजेको हाराहारीमा उहाँ रिसोर्ट पुग्नुभयो ।’

यता सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस भइरहेको छ । सम्भवतः आज एमिकस क्युरीको तर्फबाट तोकिनुभएका कानुन व्यवसायीहरूले बहस सकिने तयारी छ । ढिलोमा बुधबारसम्म फैसला आउने सन्दर्भमा भएको प्रचण्डको एकान्तवास र गोप्य भेटघाटलाई राजनीतिक वृत्तमा त्यहि अर्थ लगाउन थालिएको छ ।

त्यसो त चिनियाँ रास्ट्रपति सि चिनफिङ्गसङ्गको जुम बैठकका निम्तिसमेत उहाँ निवास फर्कनुभएको पनि बताइन्छ ।

टिप्पणीहरू