भक्तपुरको जंगलमा बेवारिसे शव फेला

भक्तपुरको जंगलमा बेवारिसे शव फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका १, सिरुटारस्थित चमेली वनमा अपरिचित पुरुषको शव फेला परेको छ । शव आज दिउँसो फेला परेको महानगरीय प्रहरी वृत्त ठिमीले बताएको हो ।

घटना र शवको प्रकृति अनुसार हरियो ज्याकेट, सुन्तला रंगको हाफप्यान्ट र कालो जुत्ता लगाएको, बाँया हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा देखिन्छ ।

सम्भवतः हाँगो भाँच्चिएर भुईंमा झरेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुका सूचना अधिकृत दिपक गिरीले बताउनुभएको छ ।

अन्दाजी एक साताअघि मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो । अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको परिसरले जनाएको छ ।

टिप्पणीहरू