आफ्नी छोरीलाई गिध्देनजर लाउने बाबु पक्राउ

आफ्नी छोरीलाई गिध्देनजर लाउने बाबु पक्राउ

बर्दियामा छोरीलाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा बुवा पक्राउ परेका छन् । घरको कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।

उनले यसअघि पनि पटक–पटक छोरीलाई यौन दुर्व्यवहार गरेका थिए भने करणीको प्रयाससमेत गरे । पीडित छोरीले आफ्नै बुवा भएको कारण इज्जतको डरले कसैलाई त्यसबारे नभनेको पनि खुल्न आएको छ ।

प्रहरी फन्दामा परेका बाबुमाथि जबर्जस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू