पत्रकारलाई २५/२५ हजारको “पुरस्कार”

पत्रकारलाई २५/२५ हजारको “पुरस्कार”

कर्णाली प्रदेश सरकारले आफूलाई माया गर्ने पत्रकारलाई कोरोनाको दु:खमा समानुपातिक हिसाबले आर्थिक सहयोग गर्न लागेको छ । आर्थिक वर्षको अन्तमा बजेट ल्याप्स नहोस् र सकारात्मक सामग्री लेख्न उर्जा बढोस् भन्ने सोचसहित चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिममा सो क्षेत्रका पत्रकारलाई २५ हजार रुपैयाँका दरले प्रदान गर्ने निर्णय भएको हो ।

सरकारले कार्यक्रम र कथा लेखनका नाममा ११ जना पत्रकारलाई उक्त रकम दिन लागेको हो । सरकारले दिने २५ हजार क्रमशः अन्नपूर्ण पोष्ट दैनिकका सुर्खेत संवाददाता ललित बुढा,नेपाल प्रेसका शेरबहादुर थापा, नागरिक दैनिकका नगेन्द्र उपाध्याय, प्रशासन डट कमका भीमप्रसाद शर्मा,हाम्रो नयाँ नेपाल दैनिकका वसन्त भण्डारी,नेपाल वाचका धर्म जि.सी.ले पाउने छन् ।

त्यस्तै,गोरखापत्र राष्ट्रिय दैनिककी मुना हमाल,राष्ट्रिय समाचार समितिका सुरज सिंह,कान्तिपुर पब्लिकेशनका हरि गौतम,यार्सा न्यूजका पशुपति थापा,युग आह्वान दैनिकका देव रानालाई समेत पक्षपात गरिएको छैन ।

टिप्पणीहरू