माछा मार्दा आफ्नै मरण

माछा मार्दा आफ्नै मरण

ईलामको माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राईको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङगटे खोलामा माछा मार्न खोजेका थिए ।

सोही क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ईलामको प्रहरी टोली थप अनुसन्धानका लागि घटनास्थलमा गएको छ ।

टिप्पणीहरू