राजधानीको मुटुमै प्रधानमन्त्रीको पुत्ला

राजधानीको मुटुमै प्रधानमन्त्रीको पुत्ला

केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दैनिक रुपमा जलाउन थालिएको छ । त्यसक्रममा आज काठमाडौंको त्रिचन्द्र कलेज अगाडि नेपाल विद्यार्थी संघले पुत्ला जलाएको हो ।

संसद विघटन,पेट्रोलियम पदार्थमा भएको मूल्यबृध्दि, कालोबजारी र सरकारको जनबिरोधी क्रियाकलापविरूद्ध मसाल जुलुस तथा पुत्ला दहन गरिएको आयोजक नेविसंघले जनाएको छ ।

No description available.

नेविसंघ त्रिचन्द्र कलेजका अध्यक्ष शान्त शिवाकोटीको नेतृत्वमा भएको मसाल जुलुस तथा पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै शिवाकोटीलगायतका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू