गाडीको जोर–बिजोर हट्यो, मनोरञ्जनका क्षेत्र अझै ठप्प

गाडीको जोर–बिजोर हट्यो, मनोरञ्जनका क्षेत्र अझै ठप्प

काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो हुँदै एक साता लम्बिएको छ । यसअघिको बैठकबाट जोर–बिजोर प्रणालीअन्तर्गत सवारी साधन सञ्चालन हुँदै आएकोमा पर्सि मंगलबारबाट सबै प्रकारका सवारी साधन चल्न पाउने भएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अब उपत्यका बाहिरका सवारी साधनले पनि सजिलै प्रवेश पाउने छन् । तर त्यस्ता सवारीको हकमा सम्बन्धित जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ ।

तर सभा,सम्मेलन,सिनेमा हल,पार्टी प्यालेस,दोहोरी,नाचघर,क्लब, मनोरञ्जनस्थल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाडका कार्यक्रम भने गर्न पाइने छैन ।

[real3dflipbook pdf=”https://www.janaaastha.com/wp-content/uploads/2021/07/1सूचना_20210704_0001.pdf”]

टिप्पणीहरू