प्रेम गर्नेलाई जेलको पुरस्कार

प्रेमविवाह गरेर बसेको एक जोडीलाई छुटाउन बुनिएको कृत्रिम जाल तोड्न नसक्दा एक जना राजनीतिककर्मीसहित ३ विद्यार्थी कानुनी फन्दामा परेका छन् ।

मोरङ बुधनगरकी एक युवतीसँगको विवाह छुटाउ बुधनगर–४ का दिनेशकुमार र उमानन्द यादव, विराटनगर–१८ का सुनीलकुमार र साजन यादवलाई सास्ती मात्र दिएन, प्रवासी नै बनाएको छ ।

उमानन्दले स्थानीय एक युवतीसँग प्रेमपछि गरेको विवाहलाई केटी पक्षले अस्वीकार गर्दा मानव बेचबिखन तथा ओसारपसार, अपहरण र शरीर बन्धकको मुद्दा लगाइएको हो । उमानन्दकी युवतीका बाबु देवानन्द यादव नेपाल प्रहरीका असई हुन् । घरमा बस्न नसकेपछि दिल्ली पुगेर ‘मेकानिक्स’ काम गर्दै गरेका उमानन्द र युवतीलाई देवानन्दले प्रहरी शक्तिमार्फत नेपाल ल्याएका हुन् । लामो समयपछि नेपाल फर्काइएका उमानन्दसहित चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मधेसी जनअधिकार फोरम(गणतान्त्रिक) मोरङको नेता रहेका दिनेशले झुटो मुद्दा लगाएर आफूलाई नियतवश फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

टिप्पणीहरू