आमाको नाम, मन्त्री ओसार्ने काम

देउवा क्याम्पतिर लाग्दा पनि झण्डै मन्त्री बन्न नपाएका अर्जुननरसिंह केसी अहिले जिल्लाको कुनै कार्यक्रम छाड्दैनन् । शहरी विकासमन्त्री केसी आइतबार नुवाकोटको तारुकामा हेलिकोप्टर चार्टर गरेरै भए पनि पुग्न भ्याए ।
लमजुङ घर भएका र नेपाली कांग्रेसका नेतालाई मैले नै पालेको छु भन्ने पर्यटन व्यवसायी मोहन लम्सालले स्विस नागरिकको आर्थिक सहयोगमा आमाको नामबाट अस्पताल नामको टहरो उद्घाटन गर्न बोलाउँदा मन्त्री केसी पुगेका छन् । सुरुमा तारुका–२ को श्रीकृष्ण क्याम्पससँगै अस्पताल बनाउने भन्दै चैतमा हेलिकोप्टरसहित पर्यटन व्यवसायी लम्साल शिव अधिकारी र स्विस नागरिक बर्नहार्ट बुल्लरले शिलान्यास गरे ।
४ बेडको अस्पतालकी नाम अधिकारीकी आमा गौरी र लम्सालकी आमा पार्वतीको नामबाट गौरापार्वती राखिएको छ । अस्पताल हेर्दा लागत १० लाखमा बन्ने देखिन्छ तर हेलिकोप्टर चार्टरसहित ६५ लाख खर्च भएको छ ।
अस्पताल भवन बनेको २ महिना पुग्दासम्म जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी छैन । जनस्वास्थ्य निरीक्षक टलकमान श्रेष्ठले भने– २५ बेडसम्मको अस्पताल सञ्चालन गर्न जिल्लाको अनुमति चाहिन्छ तर गौरापार्वती अस्पताल अहिलेसम्म दर्ता प्रक्रियाका लागि आएको छैन ।

टिप्पणीहरू