सम्बन्धको राम्रो सुरुआत

१ मंसिरमा भारतीय प्रेस काउन्सिलले स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । सार्क क्षेत्रका राष्ट्र नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्सका पाहुनाहरू उपस्थित उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री नरेन्द्र मोदी थिए । नेपालमा भूकम्प जाँदा मिडियाले बेलैमा समाचार सम्प्रेषण गरेको कारण सहायता उपलब्ध गराउन थप सजिलो भएको बताएका थिए ।

सो अवसरमा पत्रकारिता क्षेत्रबाट राष्ट्रलाई उल्लेखनीय योगदान गर्ने १५ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

सार्क क्षेत्रका प्रेस काउन्सिलहरूको मोर्चा क्ब्ब्एऋ गठन गर्ने प्रस्तावअनुरूप अन्तिम तयारी अघि बढेको छ ।

उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्णबहादुर कार्की, काउन्सिलका सदस्य तथा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ र मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता थियो ।

सो अवसरमा दुई वर्षअघि दुई देशबीच दुई वर्षका लागि भएको सहमतिपत्र थप दुई वर्षका लागि नवीकरण गरिएको छ । काउन्सिल टोलीले भारत भ्रमणका क्रममा नेपाली राजदूत दीपकुमार उपाध्याय र कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालसँग समेत भेटी दुई देशका पत्रकारको भ्रमण, आपसी अनुभव गर्ने÷गराउने विषयमा छलफल गरेको थियो ।

टिप्पणीहरू