मन्त्री श्रेष्ठविरुध्द अदालत पुगिन् रुपा सुनार

मन्त्री श्रेष्ठविरुध्द अदालत पुगिन् रुपा सुनार

आफूमाथि जातीय उत्पीडन भएको भन्दै सन्चारकर्मी रुपा सुनार अदालत पुगेकी छन् । आइतवार उनले शिक्षासहित विभिन्न मन्त्री रहेका कृष्णगोपाल श्रेष्ठसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेकी हुन् ।

उनले दर्ता गरेको रिट निवेदनमा मौलिक हकको चरम उल्लङ्घन गर्दै अभियुक्तलाई हिरासतमुक्त गर्ने तथा फौजदारी न्यायको सिद्दान्त विपरित सरकारी साक्षीको रुपमा रहेको पीडितको संरक्षण गर्नुको सट्टा हतोत्साही गराइएको उल्लेख छ । गोपनीयताको हकको समेत बर्खिलाप हुने गरी विपक्षीले कार्य गरेकोले वैकल्पिक उपचारको बाटो नहुँदासम्म संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिमको आदेश जारी गर्न उनले उत्प्रेषणको आदेश माग गरेकी छन् ।

मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर दायर गरेको रिटमा संवैधानिक,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, जातीय भेदभाव तथा छुवाछुत कसुरको कानुनबमोजिम कारवाही गरी आफ्नो मौलिक हकको संरक्षणको लागि आदेश जारी गरिपाऊँ भनिएको छ ।

सुनारले संविधानले नै बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अनुसन्धानलाई मन्त्री श्रेष्ठले पदीय ओहोदा र स्रोतको दुरुपयोग गरेर अनुसन्धानलाई प्रभावित पारेकाले उनलाई पदबाट हटाई जातीय छुवाछुत तथा सामाजिक भेदभावविरुद्ध सजायको माग गरेकी छन् ।

आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले प्रधानविरुध्द प्रहरीमा उजुर दिएकी थिइन् । उजुरीपछि प्रधान पक्राउ परिन् । पक्राउ परेको तेस्रो दिन आरोपको प्रमाण नपुगेको भन्दै प्रधानलाई रिहा गरिएको थियो । मन्त्री श्रेष्ठले प्रधानलाई प्रहरी कार्यालयमै पुगेर छुटाएर आफ़्नै गाडीमा हाली घरसम्म पुर्याएका थिए । श्रेष्ठको कदमको चौतर्फी आलोचना भैरहेका बेला अब अदालती विषय बन्ने भएको हो ।

कोठा भाडामा दिने विषयमा सुनारमाथि घरबेटी प्रधानले जातीय विभेद गरेको आरोप लागेको थियो ।

[real3dflipbook pdf=”https://www.janaaastha.com/wp-content/uploads/2021/07/rupa-file.pdf”]

टिप्पणीहरू