भएभरका विद्यार्थी नेता एकै ठाउँ भेला

भएभरका विद्यार्थी नेता एकै ठाउँ भेला

संसद विघटन,अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयमा आज विद्यार्थी नेताहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

प्रदर्शनी मार्गस्थित रत्न राज्य क्याम्पसमा आयोजित कार्यक्रम विपक्षी राजनीतिक दलको गठबन्धनसँग निकट विद्यार्थी संगठनले आयोजना गरेका हुन् ।

नेपाल विद्यार्थी संघका सभापति राजिव ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघका पूर्वअध्यक्षहरु विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे,प्रदिप पौडेल सहभागी हुनुभएको थियो ।

त्यसैगरी अखिल क्रान्तिकारीको तर्फबाट देवेन्द्र पराजुली,हिमाल शर्मा,रमेश मल्ल र अनेरास्ववियुको तर्फबाट जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री,यज्ञराज सुनवार,समाजवादी विद्यार्थी युनियनका तर्फबाट गंगानारायण श्रेष्ठ,भीम राई,मानुषी यमी भट्टराई तथा अखिल (छैठौं) को तर्फबाट कृष्ण अधिकारी, घनश्याम न्यौपाने पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू