ओलीको विकल्प ओली मात्रै हो र श्रीमान ?

ओलीको विकल्प ओली मात्रै हो र श्रीमान ?

प्रतिनिधि सभा बिघटनको मुध्दामा सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्दैछन् । सापकोटाको पक्षमा कानुन व्यवसायीहरु मेघराज पोखरेल, श्रीकृष्ण सुवेदी,वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने,लवकुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् ।

२ घण्टा समय पाएका सभामुख पक्षधरमध्ये अहिलेसम्म मेघराज पोखरेल,श्रीकृष्ण सुवेदी र उपेन्द्रकेशरी न्यौपानेले बहस सकेका छन् ।

अधिवक्ता मेघराज पोखरेलले संविधानको धारा ७६ (५) मै केन्द्रित रहेर बहस गरे । उनले सो उपधारामा दलीय ह्विप लाग्छ भनेर कहिँ कतै नलेखिएको तर्क गरे । उनले संविधानको धारा ७६ (५) विकल्प रहेसम्म सदन बिघटन गर्न नदिने उध्देश्यले राखिएको तर्क गर्दा उनलाई रोक्दै प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले प्रश्न गर्नुभयो-सरकार बन्न सक्ने अवस्थामा पो विकल्प खोज्ने होला,सरकारै बन्न नसक्ने अवस्थामा त बिघटनमै जाने होइन र ? राणाले मुलुक ७६ (७)मा (प्रतिनिधि सभा बिघटन गरी निर्वाचनको मिति तोकिएको) अघि बढिसकेको अवस्थामा तपाईं किन धारा ७६ (५) मा गइरहनुभएको छ भन्ने प्रश्न गरे ।

प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले प्रश्न गर्नुभयो-सरकार बन्न सक्ने अवस्थामा पो विकल्प खोज्ने होला,सरकारै बन्न नसक्ने अवस्थामा त बिघटनमै जाने होइन र ?

अर्काे न्यायधीश आनन्दमोहन भट्टराईले ७६ को उपधारा (५) र (२) को शब्दावलीको अर्थ खोज्दै सोध्नुभयो,त्यहाँ कुनै सदस्य लेखिएको छ । त्यसको अर्थ के हो ?

जवाफमा भट्टराईले त्यहाँ उपधारा ५ मा,उपधारा ३ का प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत पाउन नसकेमा पनि लेखिएकै छ श्रीमान भन्दै प्रष्टाए ।

अधिवक्ता पोखरेलले रिट निवेदक शेरबहादुर देउवाका पक्षमा १४६ सांसद अदालतमै आएर हस्ताक्षर बुझाएको हुँदा त्यही आधारमा देउवा प्रधनमन्त्री नियुक्त हुनुपर्ने तर्क पेश गरे ।

प्रधानमन्त्रीले पहिलोपटक संसद बिघटन गर्दा हाउसले सहयोग गरेन भन्नुभयो । संसद पुनर्स्थापना भएपछि एकपटक पनि हाउसमा आउनुभएन । दोश्रो पटक बिघटनमा पनि उही कुरा दोहोर्याउनु भयो ।

प्रधानन्यायधीश राणाले प्रश्न गर्नुभयो,अदालतले १ सय ४६ लाई आधार मान भन्न मिल्छ र ?

त्यही पछि हो,अधिवक्ता पोखरेलले ७६ (५)मा ह्विप नलाग्ने तर्क गरेको ।

ओलीले राजीनामा दिनै नपर्ने,प्रधानमन्त्री ओलीको विकल्प ओलीमात्रै हो ?

पोखरेलपछि अर्काे अधिवक्ता श्रीकृष्ण सुवेदीको तर्क रह्यो, प्रधानमन्त्रीले पहिलोपटक संसद बिघटन गर्दा हाउसले सहयोग गरेन भन्नुभयो । संसद पुनर्स्थापना भएपछि एकपटक पनि हाउसमा आउनुभएन । दोश्रो पटक बिघटनमा पनि उही कुरा दोहोर्याउनु भयो । संसद विघटन गर्दा सभामुखसँग परामर्श गरिएन ।

त्यसपछि बहसमा उत्रिएका उपेन्द्रकेशरी न्यौपानेले सरकार बन्ने विकल्प रहेसम्म संसद बिघटन नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले अघिल्लो दिन पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीका लागि मेरो दावी छैन । प्रधानमन्त्री चलाउन मन छैन भन्नुभएको तर १५३ सांसदको हस्ताक्षर बोकेर अरुभन्दा अघि नै शीतलनिवास पुग्नुभएको सन्दर्भ जोड्दै ओलीले राजीनामा दिनै नपर्ने,प्रधानमन्त्री ओलीको विकल्प ओलीमात्रै हो ? भन्दै इजलाशमा प्रश्न गरे ।

टिप्पणीहरू