काठमाडौंमा २ सय खाद्यान्न बोकेका सवारी भित्रिए

काठमाडौंमा २ सय खाद्यान्न बोकेका सवारी भित्रिए

उपत्यकामा खाद्यान्य आपूर्तिको निम्ति पछिल्लो २४ घण्टामा १ सय ८६ वटा सवारी साधन भित्रिएका छन् । प्राप्त विवरणअनुसार ती सबै सवारी साधन नागढुङ्गा नाकाबाट उपत्यका प्रवेश गरेका हुन् ।

हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म काठमाडौं उपत्यका छिरेका खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्रीसहितका सवारी साधनमा ग्याँस बोकेका बुलेट २१, इन्धनका ट्याङ्कर २९, कोइला २, अक्सिजन ग्याँस १, तरकारी र फलफूल ७२,दूधका ट्याङ्कर २७, पशुपंक्षी तथा अण्डा बोकेका ७०, औषधिका ११, खुद्रा तथा अन्य सामाग्रीका ६६ वटा हुन् ।

त्यस्तै, निर्माण सामाग्री बोकेका ३ सय ५५, ठूला मालवाहक ७ सय ७७ र साना मालवाहक ६३ गरी जम्मा ८ सय ४० वटा सवारी साधन भित्रिएका छन् ।

नागढुङ्गा नाकाबाट उक्त समयमा २ हजार ४ सय ४४ सवारी साधनबाट ४ हजार ३ सय ६० यात्रु भित्रिएका छन् भने २ हजार १ सय ५६ सवारी साधनबाट ५ हजार ६ सय १५ यात्रु बाहिरिएका छन् ।

वर्षाका कारण जताततै पहिरो गएकाले दक्षिणकाली नाकाबाट भने कुनै पनि सवारीका साधन आवतजावत नभएको बताइएको छ ।

टिप्पणीहरू