सर्वोच्चको फैसला अब एकदम नजिकै « Jana Aastha News Online
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022

सर्वोच्चको फैसला अब एकदम नजिकै

प्रकाशित मिति :  २० असार २०७८, आईतवार १२:०१


प्रतिनिधिसभा विघटन मुद्दाको अन्तिम किनारा लाग्ने दिन नजिकिदै छ,बालुवाटारले माधव नेपाल पक्षधरलाई हस्ताक्षर फिर्ता लिन दबाब दिने सिलसिला बढ्दो छ ।

गत ९ असारदेखि नियमित बहस भइरहेको सो मुद्धाको सुनुवाईका लागि अब मात्र सात घण्टाको समय बाँकी रहँदा बालुवाटारले माधव नेपाल खेमाका २३ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएसँगै राजनीति तरंगित भएको अवस्था छ ।

एकाबिहानै एमाले नेता माधव नेपाल निवास कोटेश्वरमा घनश्याम भुषाललाई लिएर प्रधानमन्त्री ओलीका सारथीहरु बिष्णु पौडेल,सुवास नेम्बाङ,शंकर पोखरेलहरु पुगी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्न भ्याएका छन् ।

यता आजको संवैधानिक इजलाशमा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । बहसका लागि उनीहरुलाई दुई घण्टा समय दिइएको छ ।
सभामुखको तर्फबाट बहसनामा बुझाएका अधिवक्ताहरु ५ जना छन् । उपेन्द्रकेशरी न्यौपाने,लब मैनाली,श्यामप्रसाद खरेल,मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट आजको टी ब्रेक अघि नै बहस सक्नेछन् ।

आजै रिट निवेदकका तर्फबाट अधिवक्ताहरुले जवाफी बहस गर्नेछन् । रिट निवेदकतर्फबाट जवाफी बहसका लागि तीन घण्टा समय छुट्टाइएको छ ।

रिट निवेदकतर्फका एक वरिष्ठ अधिवक्ताका अनुसार,जवाफी बहस गर्नेहरुमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ,शम्भु थापा, बद्रीबहादुर कार्की,हरिहर दाहाल छन् । जबाफी बहस सकिएपछि एमिकस क्युरीका तर्फबाट २ घण्टाभित्र सर्वाेच्च बार र नेपाल बारका प्रतिनिधिहरुले राय राखेसँगै यो मुद्दाको फैसला आउनेछ।

सम्भवत: यही साताको मध्यसम्ममा सर्वाेच्चले फैसला सुनाउनेछ ।


प्रतिक्रिया दिनुहोस !