कोटेश्वरमा फेरि नेताहरुको ताँती

कोटेश्वरमा फेरि नेताहरुको ताँती

उपप्रधानमन्त्री बिष्णु पौडेलसहित एमाले विवाद निरुपणमा सँलग्न कार्यदलका छ सदस्य अहिले अन्तिम उपाय खोज्दै वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा जुटेका छन् ।

हालसम्मको प्रगतिवारे कार्यदल सदस्य भीम आचार्यका अनुसार,मान्नुपर्ने घर मुलीले हो,उहाँ मान्नुभएको छैन,उहाँले नमानी केही हुन्न ।

“बिष्णु कमरेडले एकछिन भनेर समय माग्नुभयो ।अध्यक्षले तपाईंहरु के भन्न आएको मलाई थाहा छ,त्यो कुरा सुनाइरहन परेन । लौ अब बैठकमा भाग लिन जाऊँ भन्नुभयो ।”

हिजो दिउँसो आफूहरु समिट होटेलमा जुटेर घर मुली अर्थात पार्टी अध्यक्षसङ्ग बैठक रोकाउने आग्रहका निम्ति घनश्याम भुसाललाई कोटेश्वर पठाएको,सोहिअनुसार पौने दुई बजे दुई नेतावीच टेलिफोन संवाद भएको,घनश्याम फर्केर ल राम्रो भो भन्ने सन्देश पाएपछि समिटबाटै हामी बैठक रोकाउँछौँ भनी सुवास,शंकर र बिष्णु बालुवाटारतिर लाग्नुभएको आचार्यले बताउनुभयो ।

बालुवाटार श्रोतले तीन भाइ बालुवाटार पुगेपछिको दृश्य वर्णन गर्दै जनआस्थालाई बतायो-उहाँहरु आइपुग्दा प्रधानमन्त्री केही केन्द्रीय सदस्यसङ्ग कुराकानी गर्दै हुनुहुन्थ्यो । बिष्णु कमरेडले एकछिन भनेर समय माग्नुभयो ।अध्यक्षले तपाईंहरु के भन्न आएको मलाई थाहा छ,त्यो कुरा सुनाइरहन परेन । लौ अब बैठकमा भाग लिन जाऊँ भन्नुभयो । उहाँहरुले आफ्ना कुरा राख्नै पाउनुभएन,अनि त सारा कुरा जहाँको त्यहीँ ।

टिप्पणीहरू