ललितपुरको महानगरसभा आज पनि स्थगित

ललितपुरको महानगरसभा आज पनि स्थगित

ललितपुर महानगरपालिकाको चालु नगरसभा फेरि स्थगित भएको छ । आज सवा ३ बजेसम्म बसेको बैठक चार दिनको लागि रोकिएको हो ।

नीति तथा कार्यक्रमको समीक्षा गरेर पुनः बैठक बस्ने सर्वसम्मतले निर्णय गरेपछि सभा सारिएको महानगरका सूचना अधिकारी रुद्रप्रसाद गौतमले बताउनुभएको छ ।

गौतमका अनुसार शंखमुलस्थित यल्लो दरबार ब्याङ्क्वेटमा सञ्चालन भइरहेको महानगरसभा आगामी असार २३ गते बिहान ८ बजे बस्नेछ ।

टिप्पणीहरू