यतातिर मिलाउने खेल

मौका मिलेको बेला, नियम, कानुन र प्रचलनहरु सबै पोलेर खाने खेलो चलाइँदैछ, अर्थमन्त्रालयबाट । माओवादीद्वारा सञ्चालित जनमैत्री अस्पतालको ऋण मुक्तिका नाममा यसरी उन्मुक्तिको खेल शुरु भएको हो । आनाकै करिब ४० लाख पर्ने बालाजु औद्योगिकक्षेत्र अघिल्तिरको साढे पाँच रोपनी र सरकारले भोगाधिकार दिएको झण्डै सय रोपनी जमिन उक्त अस्पतालले ओगटेको छ ।

डा. बाबुराम प्रधानमन्त्री हुँदा सोही जमिन धितो राखेर निजी क्षेत्रका बैंकलाई तीन–तीन करोड हाल्न लगाएका थिए । माओवादी जनसेना शिविरबाट ल्याएको पैसा पनि त्यसैमा थपियो । यस्तो गर्दा ३९ करोड लगानी भयो । अहिले अस्पताल चल्न छाडेको छ । ऋण लिएका दिनदेखि आजसम्म एक पैसा व्याज तिरिएको छैन । पेनाल्टी, ब्याजको ब्याज गर्दा निजी क्षेत्रका बैंकहरुले उठाउने रकम पौने अर्ब पुगिसक्यो ।

अहिले माओवादीकै अर्थमन्त्री छन् । सोलोडोलो ५० लाख मात्र व्याज तिरेर उन्मुक्ति पाउने गरी तारतम्य मिलाउन अर्थमा भ्याइनभ्याई छ । त्यसरी मिलाउने कुरामा बैंकहरुलाई दबाब दिन थालिएको छ । हिमालयन, नबिल, प्राइम, राष्ट्रिय बाणिज्य बैंकहरु अस्वीकार गरौँ, अर्थमन्त्री रिसाउने डरमा छन् । धितोबाट लगानी उठ्ने सम्भावना हुँदाहुँदै ‘सेटिङ’ मा मिलाउनुपर्ने स्थितिले बैंकहरु समस्यामा परेको बताइन्छ ।

टिप्पणीहरू