करेन्ट लागेर कर्मचारीको मृत्यु

करेन्ट लागेर कर्मचारीको मृत्यु

ताप्लेजुङ सिरिजङ्घा गाँउपालिका २ पुल्चोकमा रहेको सुन्तली हाइड्रोपावरमा काम गर्ने एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुँवर छन् । आज दिउँसो २ बजे हाइड्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू