को होला त्यो देशघाती ?

आफू सुतेको ओछ्यानमा कतै भारतको नाम उच्चारण गर्नुभयो भने त के होला, के होला ? नत्र, कुनै भेला, बैठक, कोठे छलफलहरुमा भारतको ‘भ’ मात्र फुत्कियो भने कुरा बुझ्नुस्, त्यो आवाज र भिजुअलसमेत तुरुन्त पारी पुग्यो ! यस्तो गम्भीर स्थितिको खुलाशा गरेका छन्, भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले । उनैले हो, जब–जब नेपालमा वा नेपाली नेताबाट भारतको ‘भ’ मात्र उच्चारण भयो भने पत्तो पाइहाल्ने † ती प्रसंगमा कुरा हुनासाथ डोभालको मोबाइलमा नोटिफिकेशन बज्छ, भिडियोसहित † दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय हुन् वा दूतावासका कुनै अधिकारी, लाई भेट्नासाथ दोभाल कराइहाल्छन्, ‘ये देखिए, क्या–क्या करते है आपके नेता लोग ?’ दीपकुमार सम्झाउँछन्, ‘नेपालका कम्युनिष्टहरु यस्तै हुन् । उनीहरु राष्ट्रियतामा अलिक बढी यस्तो नामको चर्चा गर्न रुचाउँछन् । त्यो उनीहरुको बाध्यता पनि होला । ती कुरातिर ध्यान नदिएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भनाइ के आउँछ, त्यसमा मात्र केन्द्रित भइदिनुस् ।’
गम्भीर जिज्ञाशाचाहिँ के हो भने, नेपालमै भारतका त्यस्ता एजेण्ट रहेछन्, जसले आफ्ना नेताको चुक्ली लगाएर, भारतबाट तलब–भत्ता बुझी सारा कुरा लगाउँछन् । उनीहरुले भ्वाइस रेकर्डदेखि भिडियो रेकर्डसम्म तुरुन्तातुरुन्तै दिल्ली पठाउँछन् । हामीले हामीभित्रैका ती राष्ट्रघाती चिन्नु जरुरी भइसकेको थियो । दीपकुमार पहिला राजदूत भएर गएपछि पनि नाकाबन्दीका कुरालाई लिएर भारतबारे नेपालमा अनेकन टिप्पणी चले । अहिले फेरि भद्र स्वभावका उनै दीपकुमार दिल्ली पुगेका छन् । र, फेरि उस्तै समस्या आउँदैछ । उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरिसकेका छैनन् । तर, टाउको दुखाइ अहिलेदेखि नै शुरु भइसक्यो ।

टिप्पणीहरू